रश्मीको ‘मान्छेको भिड भित्र’ सार्वजनिक

- January 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । पछिल्लो समय चर्चामा रहँदै आईरहेकी गायिका रश्मी राईको मिठो स्वरमा मार्मिक गीतको भिडियो फुलन्देको आमा युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । ‘मान्छेको भिड भित्र….’ बोलको गीतको भिडियोलाई दान राई ‘झरी’ ले निर्देशन गरेका हुन् ।
दान राई ‘झरी’को शब्द, पुष्कर सुनुवारको संगीत रहेको भिडियोमा फुलन्देको आमा ‘उमेश राई’, सुरज राई ‘खुईले डन’, मुना राई, डोजेन्द्र राईको साथमा स्वयं गायिकाको पनि जिवन्त अभिनय देख्न सकिन्छ । चर्चा बटुलिरहेको ‘मान्छेको भिड भित्र….’ गीतको भिडियोको पोष्ट प्रोडक्शन सेम्जोङ्ग फिल्मस् प्रा.लि.मा भएको हो । 
https://www.youtube.com/watch?v=v1SxUH2G7rU

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!