गोविन्द नागिलाको ‘आमा तिमिलाई’ गीत सार्वजनिक (भिडियो सहित)

- April 18, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ । छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ ।

गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ । गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु समेटिएकोको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् । नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे ।

उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।
‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैलेपनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो ।

भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!