September 16, 2024, 8:20 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

साउन ९, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउदै ९६ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्बाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् ।

यो जितसँगै भारतले समुह चरणमा लगातार तीन खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुदै बाहिरिएको छ । समुह ए बाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

प्रतिक्रिया