December 22, 2024, 7:48 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी

मंसिर ६, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

हेग, 

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली पूर्वरक्षामन्त्री योआभ ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । त्यसका साथै, आईसीसीका न्यायाधीशहरूले प्यालेस्टिन समूह हमासका सैन्य कमाण्डर मोहम्मद डेफलाई पक्राउ पुर्जी जारी गरेका छन् ।अदालतले इजरायली प्रधानमन्त्री नेतान्याहुले अदालतको क्षेत्राधिकारलाई दिएको चुनौतीसमेत अस्वीकार गरेको छ । पक्राउ पुर्जी जारी गरिएका हमास कमाण्डर डेफ गाजामा गत जुलाईमा गरिएको हवाई आक्रमणमा मारिएका इजरायलको दाबी छ ।

अदालतका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धमा युद्ध अपराधु र मानवता विरुद्धको अपराधु का लागि तीन जना व्यक्तिहरू जिम्मेवार रहेकोमा उचित आधारहरू रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ । ती आरोपको इजरायल र हमास दुवैले अस्वीकार गरेका छन् ।

उनीहरूविरुद्ध नागरिकहरूमाथि जानाजान आक्रमण गरेको, युद्ध र हतियारको भरमा भोकमरी निम्त्याएको र निर्दोष सर्वसाधारणको हत्या गरेको अरोप छ । वारेन्ट कार्यान्वयन गर्ने वा नगर्नेबारे निर्णयको टुंगो भने अब आईसीसीका १ सय २४ सदस्य राष्ट्रहरूमा निर्भर हुने जनाइएको छ ।

आईसीसीका अभियोजक करिम खानले गत मे महिनामा नेतान्याहु, ग्लान्ट, डेफ र अन्य दुई हमास नेताहरू इस्माइल हनिया र याह्या सिनवारविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरेका थिए । इजरायलले डेफको मृत्यु भइसकेको दाबी गरेको भए पनि इजलासले उनको मृत्युको पुष्टि नभएको जनाएको छ ।

उनीहरूविरुद्ध अभियोजकको मुद्दा एक वर्षअघिको घटनासँग सम्बन्धित छ । २०२३ अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १ हजार २ सय जनाको ज्यान गएको थियो । त्यसका साथै, हमासले अन्य २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो ।

त्यसयता इजरायलले हमासविरुद्ध गरेको सैन्य कारबाहीमा कम्तीमा ४४ हजारको ज्यान गइसकेको छ । हजारौं घाइते भएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया