February 23, 2025, 2:43 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

मंसिर १, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोलले हराएको हो ।

पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै जिलेस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । कार्कीले ४६ औँ मिनेटमा नेपालका लागि सुन्दर गोल गरे ।त्यस्तै खेलको ७८ औँ मिनेटमा रोहित चन्दले नेपालका लागि दोस्रो गोल गरे । फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।

प्रतिक्रिया