January 22, 2025, 1:53 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

सात करोड ठगी आरोपमा बालुवाटारका पूर्व वडाध्यक्ष महाराजगञ्ज बाट पक्राउ

पुस २७, २०८१ मा प्रकाशित | १३१०दर्शक तीव्रखबर

काठमाडौं। काठमाडौं महानगरपालिका ४ का पूर्व वडाध्यक्ष मोहन विष्ट पक्राउ परेका छन् । उनी सात करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

विष्टलाई हिजै पक्राउ गर्न खोजेपनि फरार भएकाले आज बिहान महाराजगञ्जको शंखपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमालेका तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ बाट निर्वाचित विष्ट पहिले पनि जेष्ठ नागरिक भत्ता अनियमितताको आरोपमा मुछिएका थिए ।

जग्गा बिक्री गर्ने भन्दै तारकेश्वर वडा नम्बर ८ मनमैजू बस्ने राजेन्द्र कोइरालासँग ५ करोड रुपैयाँ बैना लिएको र पछि एक करोड ९७ करोड लाख समेत गरेर ६ करोड ९७ रुपैयाँ लिएपछि उनले जग्गा पासमा आलटाल गर्दै आएका थिए । झण्डै तीन वर्षदेखि पैसा लिएर रकम फिर्ता नगरेपछि कोइरालाले प्रहरी परिसर टेकूमा उजुरी हालेका थिए ।

आफूसँग पटक पटक प्रहरी परिसरमा छलफल भएपनि विष्टले रकम फिर्ता नदिएपछि कोइरालाले पुनः ठगी मुद्दा दायर गरेका हुन् । बिहान पक्राउ परेका विष्टलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी एमाले छाडेर मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उठेका थिए । एमालेमा छँदा उनले आफूलाई एमाले उपाध्यक्ष ईश्वर पोखरेल निकटस्थ भन्दै आएका थिए।

यसअघि सार्वजनिक जग्गा संरक्षणको नाममा वडाध्यक्ष हुँदा स्थानीयबासीको घर टहरा भत्काउन डोजर लिएर पुगेपछि उनीविरुद्ध स्थानीय आक्रोशित भएका थिए । यतिखेर उनी आफैंले धुम्बाराही चक्रपथ चोकबाट मण्डिखाटार जाने पुरानो बाटो अतिक्रमणको आरोप पनि खेपिरहेका छन् । काठमाडौं महानगरको ४ नम्बर वडाको क्षेत्र बालुवाटार, धुम्बाराही एरियामा पर्छ ।

प्रतिक्रिया