February 23, 2025, 3:30 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक

माघ ९, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं ।  लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खगेन राई ‘खगेन कहानी’को शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत तथा एरेञ्ज गरेका छन् ।

डान्सिङ बिटको गीतमा स्कुल, कलेज जिवनको रमाईला यादहरुलाई प्रेमिल भावमा गीतकार खगेनले उतारेका छन् ।

खगेन कहानी युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई चर्चित प्रांकस्टार एलिश राईले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा एलिशको साथै उमेश राई ‘फुलन्देकी आमा’, गीता ढुङ्गाना, उषा उप्रेती र रमेश बुढाथोकीको अभिनय रहेको छ ।

भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागाईले इडिट तथा कलर गरेका छन् ।

सार्वजनिक गीतको बारेमा बोल्दै गीतकार खगेनले आफ्नो स्कुल, कलेजका दिनहरुको याद ताजा भएको बताए ।

गीतकार खगेन ब्रिटिस गोर्खा आर्मी तथा समाजसेवी हुन ।

त्यस्तै गायिका शलोनीपनि समाजसेवाका साथमा युकेमै रहेर गीत, संगीत तथा कन्सर्टहरुमा ब्यास्त गायिका हुन् ।

गीतकार खगेनको अहिले सम्म ३ गीतहरु सार्वजनिक भैसकेका छन्, भने गायिका शलोनीले आधा दर्जन गीत बजारमा ल्याई सकेकी छिन् ।

प्रतिक्रिया