February 2, 2025, 2:36 am
» लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै » आज देशभरको मौसम कस्तो रहला ? » डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार » आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ » हमासले रिहा गरयो दुइ बन्दी

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

माघ ८, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया