January 10, 2025, 2:18 am
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

चीनमा देखिएको एचएमपीभी भाइरस सामान्य : स्वास्थ्य मन्त्रालय

पुस २५, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा हालै देखिएकोे ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) सामान्य भाइरस भएको जनाएको छ । उक्त भाइरसबारे अनावश्यक टिकाटिप्पणी भएको जनाउँदै मन्त्रालयले जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक भनेको छ ।

‘मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो । यसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त भाइरसबाट गम्भीर समस्याको जोखिम कम रहेको दाबी गरेको छ । कमजोर स्वास्थ्य प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्धवृद्धामा मात्रै अन्य भाइरसले झैँ यसले पनि केही बढी प्रभाव पार्ने भनिएको छ ।

मन्त्रालयले एचएमपीभी, एम्प्क्सलगायत संक्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

प्रतिक्रिया