January 9, 2025, 3:38 pm
» एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान » रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश, छविलाई ८८ लाख » भारतीय वाणिज्य सचिव नेतृत्वको टोली काठमाडौंमा » सरकारी जग्गामा बनेका संरचना गाउँपालिकाले हटाउने » प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे : अर्जुननरसिंह केसी

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

पुस २४, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं, : वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया