January 9, 2025, 7:57 am
» रवि लामिछानेहरुलाई अदालत लगियो, आजै आदेश आउने सम्भावना » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ » भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने » आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश » कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

चीन भूकम्प अपडेट: मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

पुस २३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

ल्हासा – चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने १८८ जना घाइते भएका छन् ।

बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको क्षमता ६.८ म्याग्नीच्युड रहेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।

मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

प्रतिक्रिया