February 24, 2025, 6:43 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

पुस २५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतको संसद् भवनमा आयोजना हुन गइरहेको एक समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ गएका हुन् ।

नेता कोइरालाले आगामी सोमबार अर्थात जनवरी १३ मा संसद् भवन भित्र आयोजना हुने एक कार्यक्रममा सहभागी हुने छन् । उनको सचिवालयले उक्त कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएको छ ।

बेलायत जानुअघि नेता कोइरालाले एक्स (ट्विटर)मा लेखेका छन्, ‘यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ जाँदै छु ।’

नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीबीच बीपी कोइरालाको समयदेखि नेपाल र बेलायतबीच सम्बन्ध रहिआएको भन्दै उनले बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी हुने पनि उल्लेख गरेका छन् ।

सचिवालयका अनुसार उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइरालालाई बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसले आमन्त्रण गरेको बताइएको छ ।

प्रतिक्रिया