February 24, 2025, 6:32 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रवि लामिछानेहरुलाई अदालत लगियो, आजै आदेश आउने सम्भावना

पुस २५, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा आज सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो । सरकारी वकिल कार्यालयको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले आज बहस गरे ।

अहिले सहकारी ठगीमा प्रतिवादी बनाईएका ४४ मध्ये पक्राउ परेका लामिछानेसहित सातै जनालाई जिल्ला अदालत लगिएको छ । न्यायाधीश राईले उनीहरुलाई आफ्ना कुरा राख्न समय दिएका छन् ।

अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई, तत्कालीन संचालक छविलाल जोशी बन्जाडे, प्रवन्ध निर्देशक लामिछानेलगायतलाई सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाइएको छ । गत पुस १६ गतेदेखि मुद्दामा थुनथेक बहस भइरहेको छ ।

प्रतिक्रिया