January 5, 2025, 1:44 pm
» माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने » संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली » गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु : हमास » अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ? » रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

एमाले अखिलका सचिवमाथि ताइवानमा यौन दुर्व्यवहार गरेको आरोप

पुस १६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अश्लिल काण्ड मच्चाउने पार्टीकै नेताहरुलाई दुई महिनाअघिको सचिवालय बैठकमा भन्नुभएको थियो, ‘राजनीति र मोजमस्ती एकै ठाउँमा हुँदैन, मोजमस्ती गर्ने भए बाटो खुल्ला छ ।’

प्रधानमन्त्री ओलीले त्यतिबेला विवादमा तानिएका महेश बस्नेत, सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायतलाई ट्रयाकमा ल्याउन त्यसो भनेको एमाले नेताहरु बताउँछन् । तर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराएको तीन महिना नबित्दै अर्का नेतामाथि यौन दुुर्व्यहारको आरोप लागेको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवसमेत रहेका नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्शिवाद सुवेदीमाथि एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । प्रमुख स्काउट तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उनलाई आयुक्तबाट पदमुक्त गरिसकेका छन् ।

गत कात्तिक पहिलो साता ताइवानमा आयोजित स्काउटको एसिया प्यासाफिक क्षेत्रीय कार्यशाला अन्य ११ देशका प्रतिनिधिसँगै नेपालबाट सुवेदी गएका थिए । कार्यक्रममा सुवेदीले जानाजान एक विदेशी महिलाको गोप्य अंगहरु छोएको भन्दै विश्व स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो । लगत्तै नेपाल स्काउटको प्रधान कार्यालयलाई सुवेदीमाथि छानबिन गर्न पत्र आएकोमा उनले चित्तबुझ्दो जवाफ दिन नसकेको बताइन्छ ।

स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयले नै सुवेदीबाट सजग रहन निर्देशन दिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । सुवेदीले नेपाल स्काउट ऐन, ०५० को दफा १८ को देहाय २ (क) र ऐ. नियमावलीको नियम २९ बमोजिमको स्काउट आचारसंहित उल्लंघन गरेको खेलकुद मन्त्रालयले जनाएको छ । जन आस्था बाट

प्रतिक्रिया