February 24, 2025, 9:48 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

पुस २१, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ।

रविसहित ३९ जनाविरुद्ध आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

रविसहितका ३९ प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा अदालत लगिएको पुष्टि गरे

लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।

रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । रविविरुद्ध स्वर्णलक्ष्मीको पनि बचत रकम हिनामिना आरोपमा उजुरी परेको थियो ।

उक्त उजुरीबारे अनुसन्धान गरेको प्रहरी परिसरले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा अदालतमा लगेको हो । उता कास्की जिल्ला अदालतमा लामिछाने लगायतको मुद्दामा थुनछेक बहस चलिरहेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरू लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवम्‌ नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसहित पाँचजना अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल भने जेलमा छन् ।

प्रतिक्रिया