February 23, 2025, 3:36 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ?

पुस २१, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौं – बाल गायक अशोक दर्जीले फिल्ममा डेब्यू गर्ने भएका छन् । फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’मा ओशक मुख्य भूमिकामा देखिने भएका हुन् ।

यस फिल्मको नाम अशोक र गायक तथा संगीतकार टंक बूढाथोकीको स्वर रहेको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाटै लिइएको हो । यो नै अशोकको पहिलो गीत हो ।

फिल्मको कथा, निर्माण र निर्देशन टंक बूढाथोकीकै रहने छ । फिल्मको मुख्य भूमिकामा नायिका नीता ढुङ्गाना अनुबन्ध भएकी छन् ।

फिल्ममा अशोक र नीतासहित सरोज खनाल, बुद्धि तामाङ, रवीन्द्र झा, रमेश विश्वकर्मा, शंकर श्रेष्ठलगायतको अभिनय रहने बताइएको छ ।

टंकका अनुसार अझै केही कलाकार अनुबन्ध गर्न बाँकी रहेको छ । छिटै छायाङ्कनमा निस्कने तयारीमा उनी छन् ।

यस फिल्मको पटकथा र संवाद भने शिवम् अधिकारीले लेखेका हुन् ।

झापाका अशोक आफ्नो गायन क्षमताले सामाजिक भाइरल भएका बाल गायक हुन् । भाइरल भएपछि अशोकलाई टंकले काठमाडौं ल्याएर गीत रकेर्ड गराएका थिए । अशोक अहिले ८ मा पढ्छन् । उनी टंककै संरक्षणमा छन् ।

प्रतिक्रिया