February 24, 2025, 9:18 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली

पुस २१, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं,

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संसद् भंग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् । आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले म्यानमारको सन्दर्भमा यस्तो बताएका हुन् ।आफूहरू म्यानमारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाको पक्षमा रहेको उनले बताएका छन् ।

“हामी म्यानमारमा लोकतन्त्रको तत्काल पुनर्स्थापनाको पक्षमा छौँ । जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया