January 5, 2025, 1:04 pm
» संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली » गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु : हमास » अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ? » रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी » PM Oli addresses UML CC meeting

जापानमा आगलागी, दुई जनाको मृत्यु

पुस १६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

एजेन्सी – टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो ।

तीव्र हावाको बीचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको प्रतिवेदनले जनाएको छ ।

जापानको सबैभन्दा अग्लो ब्रोडकास्टिङ टावर तथा लोकप्रिय पर्यटक स्थल टोकियो स्काईट्री नजिकै उक्त घटना भएको हो ।

प्रतिक्रिया