December 27, 2024, 10:21 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

पुस ११, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका-२ घर भई हाल काठमाडौँ तारकेश्वर-४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेका छौँ ।”

पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया