December 27, 2024, 7:58 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव

पुस ११, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताएका छन्।

माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले जनयुद्धका कारण मुलुकमा परिवर्तन सम्भव भए पनि अहिले संसद, अदालत सबैतिरबाट जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको बताए। नेपालमा महिलालगायत पछि परेका समुदायलाई जनयुद्धकै कारण बोल्ने ठाउँमा पुर्‍याएको भन्दै बिप्लवले जनयुद्धलाई कसैले अपमानित गर्न नपाइने जिकिर गरे।

उनले माओवादीका धारहरूबीच एकता गर्न आफू तयार रहेको बताए। आफूहरूले ८ महिनाअघि एकताको प्रस्ताव पठाए पनि माओवादी केन्द्रले गम्भीर भएर छलफल नगरेको उनले बताए। उनले तत्काल एकता हुन नसके कम्युनिष्ट, माओवादी र समाजवादीबीचको मोर्चा आवश्यक रहेको धारणा राखे।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवादी क्रान्तिको दिशा तय गर्दै माओवादीभित्र पुनःगठनको आवश्यकता रहेको बताए। पार्टीभित्र बैचारिक बहस भन्दा गठबन्धनको बहसले प्राथमिकता पाउन थालेकाले बैचारिक बहसका माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। वैचारिक बहसमा स्पष्ट हुँदै कम्युनिस्ट आन्दोलनको तेस्रो पुनःगठन गर्नुपर्ने शर्माको भनाइ छ। उनले माओले चिनिया क्रान्तिबाट दिएको शिक्षाबाट सिकेर नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउन कम्युनिष्ट घटकहरू संकल्पीत हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया