November 21, 2024, 8:02 pm
» इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी » घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी » हवाईभाडा अनुगमन कार्यदल गठन » चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि » स्याङ्जामा एक जनाको शव फेला

स्पेनका प्रधानमन्त्रीद्वारा पत्नीविरुद्धको भ्रष्टाचार मुद्दाबारे जुलाई ३० मा बयान दिने

साउन ७, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

म्याड्रिड, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजको व्यापारिक लेनदेन सम्बन्धका परेकोे भ्रष्टाचार मुद्दमको प्रारम्भिक अनुसन्धानमा जुलाई ३० मा बयान दिनुहुनेभएको छ ।

न्यायाधीश जुआन कार्लोस पेनाडोले सान्चेजलाई जुलाई ३० मा बिहान ११ बजे उहाँको सरकारी निवासमा ‘साक्षी’का रूपमा सुनुवाई गर्नुहुनेछ ।

अदालतले साञ्चेजलाई उहाँकी श्रीमतीको प्रभावबारे सोधपुछ गरिने जनाएको छ ।

कथित भ्रष्टाचार र प्रभाव तस्करीको अनुसन्धानले सान्चेजलाई आक्रोशित बनाएको छ । उहाँले आरोपहरू आफू र उहाँको बामपन्थी सरकारलाई कमजोर पार्ने प्रयासको रूपमा आएका भनी चित्रण गर्नुभएको छ ।

गोमेजले शुक्रबार एक न्यायाधीशको सोधपुछमा चुप लागेर बस्न पाउने आफ्नो अधिकारको आह्वान गर्नुभएको थियो ।

जुलाई ५ मा सोही न्यायाधीशसमक्ष केही समय गोमेजलाई सोधपुछ गरिएको थियो । तर उहाँका वकिलले आफूविरुद्ध परेका सबै उजुरीका बारेमा आफूहरुलाई ‘जानकारी नदिइएको’ र तिनको अध्ययनका लागि समय मागेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

अति दक्षिणपन्थी समूहसँग जोडिएको भ्रष्टाचार विरोधी गैरसरकारी संस्था मानोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले निजी क्षेत्रमा भ्रष्टाचार र प्रभाव फैलाउने काम गरेको आरोप लगाएपछि अप्रिल १६ मा अनुसन्धान सुरु भएको थियो।

दोस्रो उजुरी अति दक्षिणपन्थी सम्बन्ध रहेको एक अति–क्याथोलिक दबाव समूह हाज्ते ओइर (‘मेक योरसेल्फ हर्ड’) ले प्रभाव तस्करीको हवाला दिँदै दायर गरेको थियो ।

सान्चेजले आफ्नी श्रीमतीले कुनै गल्ती नगरेको बताउँदै आउनुभएको छभने न्यायमन्त्री फेलिक्स बोलानोसले शुक्रबार उहाँको बचाउ गर्नुभएको थियो ।

प्रतिक्रिया