February 24, 2025, 9:04 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार

मंसिर ६, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– युक्रेनले पहिलो पटक बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बुधवार बेलुका सो मिसाइल प्रहार गरिएको जनाइएको छ ।

मिसाइल प्रहार भएको घटनालाई बेलायती सञ्चार माध्यम तथा रोयटर्सले पुष्टि गरेका छन् । युक्रेनका रक्षा मन्त्री रुस्मत उमेरोभले सो प्रहारको घटनालाई स्वीकार गरेका छन् । यस विषयमा बेलायती रक्षा मन्त्रालय तथा फ्रान्सेली रक्षा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘हामी हाम्रो देशको रक्षा गर्नका लागि आवश्यक पर्ने सबै कुरा गर्न सक्छौँ । तर, सबै कुरा जानकारी गराउन हामीलाई आवश्यक लागेको छैन,’ युक्रेनी रक्षा मन्त्री उमरोभले भने ।

एक रुसी ब्लग अनुसार रुसी गाउँ मारिनोमा मिसाइलका केही टुक्रा फेला परेको छ । त्यहाँका हतियार विशेषज्ञ ट्रेभर बेलका अनुसार टुक्रा मिसाइलकै भएको पुष्टि भएको छ ।

टेलिग्राममा बुधबाट पोस्ट भएको केही भिडियोका अनुसार पनि सो मिसाइल प्रहार भएको प्रस्ट हुन्छ ।

बेलायत र फ्रान्सले तयार गरेको सो स्टर्म स्याडो मिसाइलको क्षमता २५० किलोमिटरको छ ।

अमेरिकाले दिएको तथा युक्रेनले सुरुमै प्रहार गरिसकेको मिसाइलको भन्दा त्यसको क्षमता कम छ । कस्क क्षेत्रमा रुसले लगातार आक्रमण गरेपछि युक्रेनले त्यसलाई जोगाउन सो मिसाइल आक्रमण गरेको जनाइएको छ ।

मिसाइल प्रहार गर्न यसअघि अमेरिकाले ग्रिन सिग्नल दिएको थियो । त्यस पछि नै अमेरिकाले दिएको मिसाइल मङ्गलबार प्रहार गरिएको थियो ।

प्रतिक्रिया