September 16, 2024, 8:44 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत

साउन ७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ । निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री भएको छ । यसअघि खगेन्द्र लामिछानेलाई भित्र्याएका खनालले निश्चललाई भित्र्याएका हुन् ।

आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्ध गरिने निर्देशक खनालले जानकारी दिए ।

यो फिल्मको स्क्रिप्ट उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । त्यतिबेला यो फिल्म ‘सेमी हिट’ भएको थियो ।

प्रतिक्रिया