February 23, 2025, 2:28 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

मिस इन्टरकन्टिनेन्टल’मा भोटिङ तर्फ टप टेनमा नेपालकी डा. आयुष्नोभा

मंसिर २०, २०८१ मा प्रकाशित | १०३०दर्शक तीव्रखबर

काठमाडौँ । इजिप्टमा आयोजना भैरहेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको टपटेन भित्र पर्न सफल भएको छ ।

प्रतियोगीतामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गरिरहेकी छन् ।

भोटिङ राउण्डमा टप हुनेले फाइनलमा सिधै टप फाइवमा प्रवेश पाउनेछन् ।

प्रतियोगीतामा ढुङ्गानाले लगाएको नेसनल कस्ट्युमले पनि चर्चा पाइरहेको छ ।

उनले नेसनल कस्ट्युमको रुपमा राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारेकी थिइन् ।

प्रतियोगीताको फाइनल ६ डिसेम्बर अर्थात भोली शुक्रबार हुँदैछ । प्रतियोगीतामा ५५ देशका प्रतिनिधि सहभागी छन् ।

डा. ढुङ्गानाले नेपालमा आयोजित ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’कोशिर्ष उपाधि जितेपछि प्रतियोगीतामा सहभाग अवसर प्राप्त गरेकी हुन् ।

ढुङ्गानाले कलाकारिता र डाक्टर पेसा समेत एकसाथ अगाडि बढाइरहेकी छन् ।

प्रतिक्रिया