November 23, 2024, 2:34 pm
» काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… » विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव » कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

अमेरिकी डलर अहिलेसम्मकै उच्च, १ डलर किन्न १३५ रुपैयाँ खर्चिनुपर्ने

कार्तिक २२, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं : नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरको बिक्री मूल्य १३५.१६ पुगेको छ। त्यस्तै खरिद मूल्य भने १३४.५६ रुपैयाँ रहेको छ।

अघिल्लो दिन बुधबार डलरको बिक्री मूल्य १३४.८८ र खरिद मूल्य १३४.२८ रुपैयाँ रहेको थियो। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भोलिपल्ट डलरको मूल्य वृद्धि भएको हो।

त्यस्तै युरोको बिक्री मूल्य १४४.८६ र खरिद मूल्य १४४.२१ रहेको छ। त्यस्तै पाउन्ड स्टर्लिङको बिक्री मूल्य १७३.९७ र खरिद मूल्य १७३.२० रहेको छ। यता अष्ट्रेलियन डलको बिक्री मूल्य ८८.७३ र खरिद मूल्य ८८.३३ रहेको छ।

प्रतिक्रिया