February 2, 2025, 4:24 am
» राष्ट्रिय सभा बैठक बस्दै » अमेरिकी डलरको भाउमा सामान्य वृद्धि » लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै » आज देशभरको मौसम कस्तो रहला ? » डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

नेपालको लगातार दोस्रो जित, कुवेत १०८ रनले पराजित

कार्तिक २२, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं : आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। नेपालले बिहीबार कुवेतलाई १३ ओभरमै अलआउट गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

कुवेतका लागि ओपनर जिफाले १२ रन बनाएपनि अन्य खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालकी रचना चौधरी र सिमाना केसीले २/२ विकेट, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको थियो। युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल तयार गरेको थियो।

नेपालका लागि कप्तान पूजा महतोले ३४ रन, ओपनर साना प्रविनले २५ रन, ज्योत्सिका मरासिनीले २३ रन,  एलिसाकुमारी यादवले १५ रन जोडेकी थिइन्।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्ड रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

प्रतिक्रिया