February 2, 2025, 7:06 am
» एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ » National Assembly meeting taking place today » ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु » 3 Nepalis killed, 1 seriously injured in Saudi Arabia road accident » केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

अमेरिकी डलरको भाउमा सामान्य वृद्धि

माघ २०, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौ,  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार डलर एकको खरिददर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम गरिएको थियो ।
आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ १० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा आइतबार २८ पैसाले घटेको छ । शुक्रबार युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८पैसा थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८९ र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९५ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५० रूपैयाँ १३ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया