February 2, 2025, 10:08 am
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु

माघ २०, २०८१ मा प्रकाशित | २२०दर्शक तीव्रखबर

न्युयोर्क – अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ।

यसैगरी मेक्सिकोका सामान माथिको करको निर्णय लागु हुने डेट लाइन तय भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइसकेको बताएकी छिन्।

ट्रम्पको निर्णयको देश भित्र र बाहिर दुवै ठाउँमा विरोध भएको छ। नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएका छन्।स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन्। यसैगरी अमेरिकी कृषक समूहले ट्रम्पको सो निर्णयको विरोध गरेका छन्।

प्रतिक्रिया