February 26, 2025, 12:34 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

कार्तिक २२, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्‍न छठी माताको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदानगरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे। राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया