February 23, 2025, 2:12 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

सलमानपछि शाहरुखलाई पनि आयो मार्ने धम्की

कार्तिक २२, २०८१ मा प्रकाशित | १५००दर्शक तीव्रखबर

मुम्बई- सलमान खानपछि भारतीय अभिनेता शाहरुख खानलाई पनि मार्ने धम्की आएको छ ।

फैजान खान नामक एक व्यक्तिले उनलाई मार्ने धम्की दिएका हुन् । यसबारे महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एक निवेदन दर्ता भएको छ । छत्तीसगढको रायपुर निवासी आरोपीले अभिनेता खानसँग ठूलो फिरौती पनि मागेका छन् ।

बलिवुड सुपरस्टार शाहरुख खानलाई एक फोन कलमार्फत मार्ने धम्की आएको हो । मुम्बईको बान्द्रा पुलिस स्टेशनले यसबारे छानबिन थालेको छ ।

समाचार अनुसार मुम्बई पुलिसको एक टिम यसबारे छानबिनका लागि रायपुर पुगेको थियो । बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध अभिनेता शाहरुख खानलाई धम्की दिएको आरोपसहित केश दर्ता भएको छ ।

धारा ३०८(४), ३५१(३)(४) बीएनएसअनुसार ती व्यक्तिविसरुद्ध अपराध दर्ता भएको हो । मुम्बई पुलिसले भने यसबारे औ‍पचारिक पुष्टि गरेको छैन । रायपुर पुलिसका एक अधिकारीले मुम्बई पुलिसले शाहरुख खानलाई धम्की दिएको मामिलामा फैयाज खान नामका व्यक्तिलाई नोटिस पठाएको छ।

शाहरुख सदैव अन्डरवर्ल्डको सूचीमा रहने गरेका छन् । यसअघि पनि कयौँ पटक उनलाई मार्ने धम्की आउने गरेको थियो। अघिल्लो साल अक्टोबरमा फिल्म पठान र जवानको सफलतापछि उनलाई मार्ने धम्की आएको थियो ।

प्रतिक्रिया