February 25, 2025, 4:17 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

कार्तिक २२, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

डोटी– डोटीको सुजङ्ग अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका-३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएर उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याएर सामान्य उपचार पश्चात् बुधबार साँझ अप्रेसन गर्नका लागि अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको आशंकामा ती चिकित्सकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

चिकित्सकहरू डा.राजमणि यादव, डा सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव प्रहरी नियन्त्रणमा लिएको हो । उपचारमा संलग्न चिकित्सकले कमजोरी गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले पुष्टि गरे।चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको मृतकका बुवा लोकेन्द्र भुलले बताएका छन् ।

प्रतिक्रिया