सार्क क्षेत्रीय मेलामा भाग लिन चेम्वर अध्यक्ष दिल्ली प्रस्थान

- December 7, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको नेतृत्वमा चेम्वर प्रतिनिधिमण्डल यही डिसेम्वर ८ देखि १२ तारिख सम्म भारतको नयाँ दिल्ली र अमृतसरमा आयोजना हुने सार्क क्षेत्रिय क्रेता विक्रेता मेलामा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन् ।  मेला पिएचडि चेम्वर अफ कमर्स इण्डियाद्वारा आयोजना गरिएको हो । मेलामा चेम्वरका कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबजी, कृष्णमान श्रेष्ठ, निरज राई र टिकाराम श्रेष्ठको टोली सहभागी रहेका छन् ।
विगत १० वर्षदेखि आयोजना गरिदै आईएको मेलामा सार्क राष्ट्रका करिव ४ सय राष्ट्रिय तथा अन्तराष्ट्रिय विक्रेताहरु र करिव २ लाख पचास हजार क्रेताहरु सहभागी हुनेछन् ।

मेला समुद्घाटनका अवसरमा चेम्वरले नेपालमा लगानी गर्न भारत लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरुलाई अनुरोध गर्ने छ ।  सहभागिताले भारत लगायत सार्क राष्ट्रका उद्यमी व्यसायीहरु विच भाइचारा सम्बन्धको विकास हुने, उद्योग व्यवसाय सम्वन्धमा सार्क राष्ट्रहरु विच रहेको साझा समस्याको पहिचान र तिनको समाधान गर्न मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!