सर्ट मूभिका निर्देशकदेखि संचालकहरुको भागाभाग : चलचित्र विकास बोर्ड मौन, दोषी को ?

- December 1, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मुलुकमा अश्लिल सर्ट मूभि निर्माण गरि यूट्यूवमा अपलोड गरेकै भरमा मासिक लाखौं रुपैयाँ कमाउन तल्लिन केही गिरोहहरुको यतिबेला निन्द हराममात्र भएको छैन्, कारवाहीको डरले भागमभाग शुरु भएको छ ।

तीव्रखबर डटकमले केही महिनाअघि शुरु गरेको मिसन पत्रकारितामा केही विग मिडिया हाउसले समेत फलो गरेपछि कारवाहीको डरले यतिबेला शर्ट मुभिका निर्देशकदेखि संचालकहरु समेत फरार रहेको पाइएको छ । अत्याधिक सर्ट मूमि निर्माण गर्ने निर्देशकदेखि अत्याधिक मात्रामा सर्ट मूभि अपलोड गर्ने यूट्यूव च्यानलका संचालकहरु समेत यतिबेला कारवाहीको दायरामा पर्ने डरले भूमिगत भएको पाइएको छ । धेरै जसो सर्ट मूभि निर्देशन गर्ने निर्देशकहरुमा निर्देशक घनश्याम तिमल्सिना उर्फ एण्टिनादेखि शंकर अधिकारी घायल, विरु माझी, नविन केसी, प्रदिप भट्ट लगायतका निर्देशकहरु्र तीव्रखबरले प्रतिकृया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

त्यसैगरी अश्लील सर्ट मूभि किनेर अपलोड गर्ने कम्पनी गोल्ड टिभी र सर्ट मूभि नेपालका संचालक दिनेश खड्कालाई यस विषयमा जानकारी लिन खोज्दा दिनेश आफ्नो साथी भएको तर आफु दिनेश नभएको भन्दै झुट बोलेर उम्किने प्रयास उनले गरे, उनी दिनेश खड्का नै हुन र उनको त्यहि नम्बर हो भनेर उनका अधिकांश सर्ट मूमिका निर्देशक विरु माझीले तीव्रखबरलाई बताए, तैपनि खड्का उक्त नम्बरमा सम्पर्क गर्दा आफु दिनेश नभएको र उनको साथी भएको पटक पटक जीकिर गरे । यसबाट पनि खड्काको हर्कत छताछुल्ल भएको छ ।

उता कुलन टिभीका अधिकांश सर्ट मूभिका निर्देशक घनश्याम तिमल्सिनालाई पनि सम्पर्क गर्दा उनीपनि आफु पन्छिने काम गर्दै आफु बेस्त भएको भन्दै फोन राखेर बोल्न चाहेनन्, पटक पटक फोन गर्दा उठाएनन् यसबाट यस्ता सर्ट मूभि निर्माण गर्ने कम्पनी र निर्देशकहरुको हर्कत प्रष्ट भएको छ ।

धेरै चलचित्रहरुमा छायाँकनको भूमिका निभाई सकेका छाँयाकार निरज कँडेलको आफ्नै नाममा इन्जोई नेपाल नामक यूट्यूब च्यानल छ । सय भन्दा बढि अश्लील सर्ट फिल्महरु अपलोड गरिसकेका उनले सर्ट मूभिको दायरा र निर्माणको विषयमा तीव्रखबरले बुझ्न खोज्दा मैले इन्जोई नेपालको नाममा कम्पनी नै स्थापना गरि काम गरिरहेको छु, तर मेरो एउटा एकाउण्ट यूट्यूव च्यानलले बन्द गरिदिएको छ, यसको जिम्मेवार को हुन्छ ? उल्टै प्रतिप्रश्न गरे । आफ्नालाई जोगाउने र आफु जोगिने यो उनको कर्तुत भएको प्रष्ट छ ।

कुलन टिभी, इजोई नेपाल, सर्ट मूभि नेपाल, डिसी नेपाल, मज्जाको टिभी, एनके टिभी, ईनेपाल, एनपी लाइट टिभी, माग्ने बुढो डटकम, टिभी नेपाली, संग्स नेपाल, कुलन संसार, क्याडना नेपाल, सुपर कुल टिभी, स्टार टिभी, ग्लोबल मेन, आरएम टिभी, एमएस फिल्म, कुलन टिभी न्यू, बुढासुब्बा डिजीटल, हाहा टिभी, आमा अग्नी कुमारी मिडियालगायतका सयौं यूट्यूब च्यानलहरुले यस्ता छाडा किसिमका सर्ट मूभिहरु अपलोड गर्दे आइरहेका छन्, तर कहिले रोकिने हो यो प्रकृया रु कि यो विषयमा सम्बन्धीत निकायहरु संधै मौन बसिरहने हो ? चल प्लस चित्र आम दर्शकले हेर्न पाउने चिज हो, यसलाई राज्यको निकायले अपनाएको मापदण्ड भित्र दृष्यहरु समाविष्ट हुन्पर्छ । दर्ता र सेन्सरको अवधारणा अविलम्ब कार्यान्वयन हुनुपर्छ भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले जिकिर गर्दापनि यो समस्याको निराकरण हुन सकेको छैन् । दोषी को ?

यो पनि पढ्नुहोस्

‘सर्ट मूभि’का नाममा मौलाएको यौन विकृति, नियन्त्रणमा सरकार निरिह (तस्विर सहित)

सट् मुभिको नाममा शोषणसगै बड्दो अश्लिलता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!