सट् मुभिको नाममा शोषणसगै बड्दो अश्लिलता

- November 13, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पछिल्लो समयमा नेपालमा डिजिटल क्यामारा भित्रेसगै च्याउ उम्रेजसरी चलचित्र भन्ने क्रम निकै बाक्लिदैं गएको छ । डिजिटल हुनु अगाडी नेगेटिभबाट चलचित्र निर्माण हुदाँ निकै कम निर्माण हुने नेपाली बजारमा यतिबेला भने हप्तामा २ देखि ३ वटा चलचित्र प्रदर्शन गरे पनि डेड दुई वर्षलाई पुग्ने चलचित्र निर्माण भएको चलचित्रकर्मीहरुले नै वताएका छन । यी त भए सिनेमा हल विना प्रदर्शन गर्न नमिल्लने चलचित्र ।

यो भन्दा चौंगुणा चलचित्र भनिरहेका छन । न हलमा देखाउनु पर्ने न त सेन्सर नै यी दुवै गर्न पर्ने सट् मुभिका नाममा निर्माण भएका चलचित्रले निकै उग्ररुप नै लिन पुगेको छ । यी यस्ता मुभिका कारण युटुभ नै दुर्गन्धीत हुन पुगेको छ । छाडा अश्लिल किसिमका यी मुभिले युटुभ खोलेर हेर्न अवस्था छैन भन्दा फरक पर्दैन । अश्लिलसगै सट् मुभिका निर्माता निर्देशकले कलाकर्मीमाथी शोषणसमेत हुने गरेको पाएको छ । आर्थिकदेखि यौन शोषण हुने गरेको सट् मुभिको धन्दा विना रोकतोक सञ्चालन भइरहेको छ ।

मनोरञ्जनसगै समाजलाई सचेतनाको विकुल फुक्ने क्षेत्रका रुपमा रहेका कलाकारिता र चलचित्र क्षेत्र यति बेला भने सचेतना होइन विकृती फैलाइरहेको छ । स्कुल कलेज पढ्दै गरेका विद्यार्थीलाई कलाकार बनाइदिन्छु भन्दै आर्थिक शोषण गर्ने गरेका निर्देशकहरुले सट्मुभि अन्तराष्ट्रिय फेस्टिबलमा भाग लिनेदेखि कलाकारका रुपमा विदेश जान पाउने आश्वासन दिएर नयाँ युवा युवती खोजिने गरेको वताइन्छ ।

सामान्य खर्चमा वनाइने यस किसिमका सट्मुभीले नेपाली कलाकारिता क्षेत्रनै बदानाम हुने खतरामा पर्दै गएको छ । हुन त निर्देशक र निर्माता बन्न चलचित्र विकास बोर्डले नयाँ नियम बनाए पनि कहि कतै दर्ता तथा सिफारीस लिन नपर्ने यस किसिमका मुभिले दर्जनौं चलचित्रसग सम्वन्धीत संघ संस्थालाई ठाडो चुनौती दिदै दिनौं असिमित रुपमा छाडा अश्लिल जसलाई नेपाली समाजमा अपाच्य मान्निछ । त्यस्ता हेर्नै नसक्ने सट् मुभी वनाएर युटृभमा हाल्ले गरेका छन । नेपालको कानुनले समाजमा नपच्ने र सबै परिवार सगै बसेर हेर्न र पढ्न नमिल्ने पुस्तक होस वा चलचित्र विचित्रलाई गैरकानुनी मान्निछ । तर पछिल्लो समयमा मुलुकमा गणतन्त्र आएसगै नेपाली कला संगीत र चलचित्र क्षेत्र निकै उत्श्रृखल बन्दै गएको छ ।

यसलाई रोक्ने र नियन्त्रण गर्ने निकाय मौन रहदा जताभावी सट्मुभीका नाममा चलचित्र बन्ने होडनै चलेको छ । रातरात चर्चित हुने अभिलासामा समाजमा विकृती मच्याएर कलाको नाममा कलंकको धन्दा मच्याई रहेका छन भने कलाकार बनाउने आश्वास दिएर सयौं विद्यार्थी युवा युवती ठगिनेदेखि लुटिरहेका छन । यसले समाज मात्र होइन धेरै जसो सट् मुभीमा अभिनय गर्ने युवा युवतीहरुको भविष्यसमेत लथालिङ हुन पुगेको छ । यति मात्र नभई अन्धकार कोठामा खिचिने कति पय सट् मुभी त अश्लिल बनाएर निर्देशकले व्ल्याकमेल गर्ने गरेको बताएको छ । यस किसिमका घटना दिनौं बढ्दै गएकोले सट् मुभीका नाममा बन्ने मुभीलाई समयमै नियन्त्रण गर्न तर्फ राज्यको सम्वन्धीत निकाय र चलचित्रसग सरोकार राख्ने संघ संस्था लागि नपरेकामा यसले ठुलै रुप लिने निश्चित छ । स्टार टुडे मासिकबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!