इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल

- April 18, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेश पायल राई’ भन्दा फरक नपर्ला ।

‘राई इज किङ’का रुपमा चर्चित राजेश पायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला ।

नेपालीहरु विश्वको कुना–कुनासम्म पुगेका छन्, जहाँ–जहाँ राजेश पायलले कार्यक्रम गरिसकेका छन् ।

यसै क्रममा नेपाली सांगीतिक क्षेत्रका यी ‘मेगा स्टार’  अप्रिल अर्थात शुक्रबार इराकमा प्रस्तुत हुँदैछन् ।

हङकङ, मकाउ हुँदै इराक पुगेका राजेश पायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु ।

तर, इराकमा पहिलो पटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेश पायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेका थिए ।

गायक राजेश पायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेका थियो ।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् ।

उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुती दिन राजेश पायल त्यहाँ पुगेका हुन्

। इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए ।

राजेश पायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदावहार चर्चामा रहँदै आएका छन् ।

उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् ।

त्यसैले पनिउनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन् ।

राजेश पायलले भने, ‘अमेरिकामा १७औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलो पटक गर्दैछ, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!