रणमुक्तेश्वरमा मौलाएको अनियमितता : सात वर्षमा तीन करोड ठगी

- March 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उपत्यकाको मुटु एवं व्यवसायीक दृष्टिकोणले ठूलै चलाएमान भएको न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दीर संरक्षणको नाममा स्थापना भएको एक संस्थाले व्यापक अनियमितता गरेको समाचार तीव्रखबरलाई प्राप्त भएको छ ।

प्रप्त समाचार अनुसार कामपा वडा नं. २२ न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दिरको जीर्ण उद्धार गर्ने भन्दै स्थानीय केही व्यक्तिले अवैध रुपमा २०६५ सालमा स्थापना गरेको रणमुक्तेश्वर मन्दिर जीर्ण उद्धार समिति नामक संस्थाले सो मितिदेखि अहिलेसम्म पनि उक्त मन्दिरको नाममा अवैध रकम उठाउँदै मनखुसी रुपमा खर्च गर्दै आएको फेला परेको हो । यसअघि राजेन्द्रमान श्रेष्ठ अध्यक्ष रहेर होस् वा पछिल्लो समय विन्देश्वर श्रेष्ठ अध्यक्ष भन्दै होस्, सो संस्थाले अवैध अशुली गर्दै मनखुसी खर्च गर्न तल्लिन रहेको बताइएको छ ।

गुठी संस्थानको नाममा रहेको सो मन्दिर वरिपरी विभिन्न व्यवसायीक कवलहरु रहेका छन् । उक्त कवलहरुबाट मासिक रुपमा मोटो रकम भाडा अशुल्दै ठगी गर्ने सवालमा स्थानीय केही व्यक्तिहरु सक्रिय रहँदै आएको आरोप कवल भाडावालहरुको छ । संस्थाले मासिक तीन लाख रुपैयाँ अवैध रुपमा संकलन गर्दे मन्दिरको जीर्ण उद्धार नगरेर अनियमित रुपले ठगी गर्दे आएको सोही मन्दीरको पसल कवलमा व्यापार गर्ने एक व्यवसायीले नाम सार्वजनिक नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् ।

कही कतै दर्ता समेत नभई अवैध रुपमा स्थापना भएको सो संस्थाले मनखुसी रुपमा मन्दिर संरक्षण भन्दै भाडा अशुल्न नहुने तर्क स्थानीयहरुको छ । स्थानीयहरुले सो पसल कवलबाट उठ्ने गरेको रकम कहा कती खर्च भएको छ भन्दै खोजी गर्दा संस्थाले देखाउन नसकेको स्थानीयबासीहरुले बताए । यसै विषयमा प्रतिकृया लिन संस्थाका अध्यक्ष विन्देश्वर श्रेष्ठको मोवाइलमा पटक-पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । रणमुक्तेश्वरको नाममा भएको अवैध अशुली एवं अनियमिततालाई तीव्रखबरले खोजी जारी राखेको छ । थप समाचारको लागि प्रतिक्षा गर्नुहोस् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!