आर्थिक पारदर्शी गरेकै कारण नवटाकुरा उत्कृष्ठ सहकारी बन्छ ((भिडियो सहित)

- December 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालको सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहकारी एकीकरण आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । सहकारी संस्था स्थापना गर्ने कार्यमा आएको तीब्रतासंगै विभिन्न नयाँ समस्याहरु समेत सृजना हुदै गएको छ । समयमा समस्या समधान नगर्दा अधिकाशं सहकारी संस्थाहरुले शेयरधनीहरुको विस्वास समेत गुमाउदै गएका छन् । सहकारीमा समेत समयमा साधारण सभा नगर्ने, कर्जाको अवस्था बढी भएको, जोखिम बढी भएका धेरै बचत तथा ऋण सहकारी संस्थाहरु रहेको उल्लेख गरेका छन् । सहरी क्षेत्रमा सहकारी एकीकरणको आवश्यकता बढी रहेको विद्हरुको भनाई रहेको छ ।

यसैबीच, नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले जुन क्षेत्रमा सरकारको सहभागीता हुदैन त्यो क्षेत्रको विकासमा बाधा नपुग्ने बताएका छन् । नेता महतले नव टाकुरा वचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभामा सरकारको सहकारी क्षेत्रमा सहभागीता नभएकै कारण विकास हुन सकेको बताए । महतले भने,‘सरकारी सहभागीता यदि सहकारीमा प्रत्यक्ष रुपमा भएको भए विकास नहुने थियो ।’

काठमाडौंमा मात्र १ हजार ८ सय ६५ वटा सहकारी संस्थाहरु रहेका छन् । यसै भीड्मा नव टाकुरा वचत तथा ऋण सहकारी संस्थाले स्थापना कालदेखिनै आर्थिक पक्षलाई पारदर्शिता र शेयरकर्ताको हितलाई पहिलो प्राथमिकतामा राख्दै आएको सो संस्थाका अध्यक्ष नवराज गौतमले बताए । अध्यक्ष गौतमले समाजलाई आर्थिक स्वतन्त्रता तथा समृद्धि प्रदान गर्नको लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्याधिक परिचालन हुदै राष्ट्रिय अर्थतन्त्र सृद्धढ गर्नमा नव टाकुरा सहकारी सक्षम भएको बताए ।
सो संस्थाको २०७५/०७६ मा प्रमाणित वासालात अनुसार १२ करोड ८९ लाख ८३ हजार ३ सय ५८ रुपैयाँ ६३ पैसा कारोबार भएको जनाएको छ । सो संस्थाको शेयरपुँजी ५ करोड १६ लाख ८७ हजार ४ सय, वैंक तथा नगदको तरलता ८१ हजार ९४ लाख ४ सय ८५ रुपैयाँ ९० पैसा, बचत निक्षेप ६ करोड ७१ लाख ७१ हजार ६ सय ४६ रुपैयाँ ४३ पैसा, प्रशासनिक खर्च ३८ लाख ९६ हजार ८ सय ६ रुपैयाँ ८४ पैसा, ह्रास खर्च २ लाख ५१ हजार ४ सय ४ रुपैयाँ ४१ पैसा, ऋण सुरक्षण कोषमा १४ लाख ८९ हजार ५ सय ८ १ रुपैयाँ ७० पैसा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!