पत्रकार महासंघले पूडासैनी प्रकरणमा मुख खोल्यो, रविको बारेमा यस्तो प्रतिकृया (भिडियो सहित)

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुको गरिमा खस्कदो अवस्थामा रहेको बताएका छन् । पछिल्लो समयमा पत्रकारीता क्षेत्रमा मौलाएको विकृतिका कारण पत्रकाहरु बदनाम भएको उनको बुझाई छ ।

उनले पत्रकारहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर लैजान आग्रह गरे । पछिल्लो समयमा चलिरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामिछाने पक्राउ बारे उनले भने हामी दोषीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा छौं ।

पत्रकार रवि लामिछाने पक्राउ पर्दैमा अपराधी नभएको बताउँदै उनले अनुसन्धानमा अवरोध पुर्याउने गरी भीड जम्मा गर्नु आवश्यक नभएको बताए ।

कानूनी राज्यमा अपराधीलाई कारवाही हुन्छ ? यदि यो घटनामा रविको संलग्ना पाइयो भने कानूनले उनलाई छोड्दैन । तर, पक्राउ परेसँगै जुन रुपमा भीड जम्मा भएको छ यसले अनुसन्धानलाई अवरोध पुर्याउने देखिन्छ उनले भने ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!