January 10, 2025, 3:38 pm
» सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार » प्रधानमन्त्री शीतल निवास जानुअघि विपक्षी दलका नेताहरुको छलफल » बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी » रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने » ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’ : गृहमन्त्री लेखक

लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

कार्तिक १२, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

बेरुत, लेबनान, : लेबनानको टायर शहरको मध्य क्षेत्रमा सोमबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  दश जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भग्नावशेष हटाउने तथा पिडितको खोजी गर्ने काम जारी छ ।

उद्धारकर्ताले ‘स्ट्रेचर’ मा हाली घाइतेहरुलाई एम्बुलेन्समा लग्दै गरेको तथा घटनास्थलमा धुवाँको मुस्लोको वीच आगो निभाउन काम गरिरहेको एएफपीले देखाएको छ ।

युनेस्कोको विश्व सम्पदा स्थल भएको प्राचीन तटीय सहर, टायर गत हप्ता भएको इजरायली आक्रमणको सिकार भएको थियो। आक्रमणबाट टायरका मध्य भागहरू भग्नावशेषमा परिणत भएका छन् ।

गाजा युद्धलाई लिएर इरानसमर्थित समूहसँग सीमापार गोलीबारीको एक वर्षपछि इजरायलले गत महिना हिजबुल्लाहको गढमा हवाई आक्रमण बढाएको थियो भने लेबनानमा स्थलगत रुपमा सेना पठाएको थियो ।

प्रतिक्रिया