February 23, 2025, 9:51 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

पुस २६, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

जेरुसेलम,  : गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।

फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उहाँको परिवारलाई बिहीबार दिएको छ । सेनाले उहाँका पिता युसुफको शव बुधबार बरामद गरी इजरायल ल्याइएको घोषणा गरेको थियो ।

प्यालेस्टनी लडाकूहरूले गाजाको सीमा नजिकै किबुट्ज होलिटबाट बाबुछोरालाई सन् २०२३ अक्टोबर ७ मा कब्जामा लिएका थिए ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो।

हम्जा अल-जायदनाको भविष्यबारे बुधबार अपुष्ट रिपोर्ट सार्वजनिक भएको थियो, तर शुक्रबार सेनाले उहाँको मृत शरीरको अवशेष पहिचान भएको पुष्टि गरेको हो ।

सन् २०२३ मा हमासले गरेको उक्त आक्रमणमा इजरायली पक्षका एक हजार २०८ जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्याङ्कले देखाएको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४६ हजार छ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया