February 24, 2025, 6:45 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने

पुस २६, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा उपस्थित हुने भएका छन् ।

आज सडक मार्गबाट उनी काठमाडौं आइरहेकाले ढिलो भएका कारण आइतबार पहिलो अफिस टाइममा अदालत उपस्थित हुने उनको सचिवालयले जनाएको छ ।

‘सडक मार्गबाट काठमाडौं आउँदा जाम र अन्य कारणले उपस्थित हुन सकिएन ।’ रविको सचिवालयले भन्यो, ‘समयमै हवाई टिकट पाइएन । गाडीमा आउँदा ढिलो भयो ।’

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

प्रतिक्रिया