February 24, 2025, 6:14 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रधानमन्त्री शीतल निवास जानुअघि विपक्षी दलका नेताहरुको छलफल

पुस २६, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । भूतपूर्व प्रधानमन्त्रीद्वयबीच हिजो र आज सिंहदरबारस्थित संसद सचिवालयको भवन नम्बर २ मा रहेको नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा कुराकानी भएको हो ।

हिजो दुई जनाबीच छलफल भएको थियो भने आजको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि थिए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह शीतल निवास जानुभएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने क्रममा कानुनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल पनि सँगै हुनुहुन्थ्यो ।

साँझ क्याबिनेट बैठक बोलाइएकाले सम्भवतः केही महत्वपूर्ण अध्यादेश आजै राति जारी हुने सम्भावनाको रुपमा राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीचको भेटवार्तालाई हेरिएको छ ।

प्रतिक्रिया