January 22, 2025, 1:45 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

उपप्रधानमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

साउन १, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

सो क्रममा भारतीय सहयोगमा भइरहेको पुननिर्माणका कामका बारेमा समीक्षा भएको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । त्यस्तै नाकाहरूमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा मन्त्रालयबाट भइरहेको कामका बारेमा पनि छलफल भइरहेको उनले बताए।

त्यस्तै भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहोरमैला व्यवस्थापन, नदिनालाको प्रदूषण न्यूनिकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताए। सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे।

प्रतिक्रिया