October 16, 2024, 2:20 pm
» प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट » सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु » इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी » डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ » एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

अशोज ३०, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौँ । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौँ दिन मंगलबारसम्म फिल्मले एक महत्त्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

फिल्मले प्रदर्शनको छैटौँ दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौँ दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले गरे ।

उनको यो प्रक्षेपणको आधारमा फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने देखिन्छ । पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने उनीहरूको अनुमान छ ।

१० करोड क्लब आफैमा महत्त्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म बिहीबार देखी मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ ।

‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिकरुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया