September 19, 2024, 4:43 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

चरेशसहित भारतीय नागरिक पक्राउ

अशोज २, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं, । वीरगन्जबाट प्रहरीले लागुओैषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको आगराको कुडोल फतेहवादका ४२ वर्षीय गोपाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित डम्पिङ्ग साइडमा लागुओैषधको खरिदबिक्री भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले त्यहाँ शंकास्पद अवस्थामा हिँडिरहेका साधुको भेषमा रहेका गिरीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

त्यसक्रममा गिरीले बोकेको प्लास्टिकको झोलाबाट २ किलो ९६० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

चरेससहित पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्ध लागुओैषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए।

प्रतिक्रिया