January 18, 2025, 10:52 pm
» सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह » जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित » ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु » इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या » कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

केपी ओलीले देखेका सपना राति मात्र देखे हुन्छ विपनामा पूरा हुनेवाला छैन : भीम रावल

माघ ५, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं – मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएको बताएका छन्।

मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्वीकृत भएको स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।

‘आज केपी ओलीहरू भनिरहनु भएको छ- अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ ? केपी ओलीले सपना त देखेका होलान्१ तर त्यो सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’

त्यस्तै, उनले नेकपा (एमाले)पार्टी ‘बामाले’मा परिणत भएको र त्यसको समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनको पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पोखरेलको गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।

उनले भने, ‘चाहे झापामा भन्नुहोस्, चाहे बामाले। वा केपी ओलीको पक्षमा खुलेर लागेका महासचिवको दाङ जिल्लामा भन्नुहोस्। म यहीँबाट जानकारी गराउन चाहन्छु– निरंकुशतालाई गाड्न सबैभन्दा पहिले सबैभन्दा ठूलो खाल्डो कहीँ तयार भएको छ भने त्यो दाङ र झापामा छ।’

प्रतिक्रिया