February 24, 2025, 11:57 am
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु

माघ ५, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

मोरङ,  । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।

नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो ।

सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक सो पालिकामा पुगेका हुन ।

प्रतिक्रिया