February 23, 2025, 6:27 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

माघ ५, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो । प्रहरीका अनुसार, आपराधिक सङ्गठनले हतियार भण्डारण गरिरहेको थियो ।

साथै, पराना राज्यका साना सहरहरू तथा बैङ्कहरूमा आक्रमण गर्ने योजना बनाएको थियो । छापा मार्दा छ संदिग्ध मारिए र कुनै प्रहरीहरू घाइते भएनन् । प्रहरीले सेनाले प्रयोग गर्ने राइफलसहितका हतियारहरू बरामद गरेको छ ।

प्रतिक्रिया