September 19, 2024, 4:08 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अशोज २, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा कालीकोट खाँडाचक् नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका–२२ सुन्धारा बस्ने  बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी निज शाही भएको बैंकिङ कसुर मुद्दामा कालीकोट जिल्ला अदालत, कालीकोटबाट विसं २०८१ जेठ २८ गते पक्राउ अनुमति प्राप्त पछि फरार रहेका निजलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।”

निज शाहीलाई काठमाडौँको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रतिक्रिया