September 16, 2024, 7:26 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

हेटौँडामा मन्त्री क्वाटरमा आगलागी

भदौ ९, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौँ। हेटौँडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रशासन कार्यालय मकवानपुर तीर्थराज चिलुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको कार्यालयमा आइतबार साँझ ८ : ४० बजेको समयमा विद्युत् सट भएर आगलागी भएको प्रजिअ चिलुवालको भनाई छ । प्रजिअ चिलुवालका अनुसार आगलागीबाट ४ थान इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगायतमा क्षति भएको छ ।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । क्वाटर बस्न योग्य नभएपछि मन्त्री ठकुरी पल्पसा होटेलमा बास बसेको छन् ।

प्रतिक्रिया